थप १ सय १ जनाको कोरोनाका कारण मृत्यु, सक्रिय संक्रमितको संख्या ९७ हजारमा झर्यो
काठमाडौं, २१ जेठ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप १ सय १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ पुगेको छ । योदर कुल संक्रमितको १ दशमलव ३३ प्रतिशत हो ।
यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ६ सय ९९ रहेको छ । तीमध्ये ९० हजार ८ सय ९२ जना होम आइसोलेसनमा छन् भने ६ हजार ८ सय ७ जना संस्थागत आइसालेसलनमा छन् ।
यस्तै देशभर रहेका संक्रमितमध्ये १ हजार ४ सय २२ जना आईसीयूमा भर्ना छन् भने ४ सय ४ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
Last modified on 2021-06-04 20:11:13