नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार नाघ्यो, निको हुनेदर ८१ प्रतिशतभन्दा बढी



Download our app to get more features

काठमाडौं, २१ जेठ । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ८१ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा देशभर २० हजार ८ सय १३ कोरोना परीक्षण गरिएको छ । जसमा १४ हजार १ सय ८१ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ४ हजार ६ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ६ हजार ६ सय ३१ एन्टीजेन परीक्षण गर्दा २ हजार २९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

देशभर थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुुगेको छ ।

यस्तै गत २४ घन्टामा कोरोनाका कारण संक्रमित भएकामध्ये ८ हजार ६ सय ६३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ४ लाख ७६ हजार १ सय ३० पुगेको छ । यो दर कुल संक्रमितको ८१ दशमलव ९ प्रतिशत हो ।

Last modified on 2021-06-04 17:57:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts