हाम्रो डक्टरको निःशुल्क अनलाईन परामर्श सेवा जारी, यी नम्बरमा फोन गरेर सेवा लिनुहोस्
काठमाडौं, २१ जेठ । नेपालको एक मात्र अनलाइन हेल्थ केयर प्लेटफर्म हाम्रो डक्टर डटकमले निः शुल्क कोभिड परामर्श सेवा जारी छ ।
नेपालकै पहिलो अनलाइन हेल्थकेयर प्लेटफर्म हाम्रो डक्टर डटकमले कोरोना महामारीको अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले निःशुल्क परामर्श सेवा सुरु गरेको हो । यसअघि हाम्रो डक्टरले चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको थियो ।
हाम्रो डक्टर डटकममार्फत् दैनिक २० देखि २५ जनाले निःशुल्क सेवा लिइरहेका छन् ।
गुगल र एप्पल स्टोरमा उपलब्ध मोबाइल एप्लिकेसनको परामर्श सेक्सनमा गएपछि आउने कोरोना कल्सल्टेसनमा प्रयोगकर्ताले बिनाशुल्क चिकित्सकहरुसँग परामर्श गर्न सक्ने कम्पनीका कार्यकारी अधिकृत उद्धवराज भेटुवालले बताए ।
चिकित्सकसँग कोरोनासम्बन्धी जानकारी र परामर्श लिनका लागि हाम्रो डक्टरले तीनवटा हटलाइन नम्बर सार्वजनिक गरेर सेवा दिँदै आएको छ ।
९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरमा सम्पर्क गरी कोरोना भाइरस संक्रमणका बारेमा चिकित्सकसँग जानकारी लिन सकिन्छ ।
यस्तै हाम्रो डक्टरले इन्टरनेटको सुविधा नपुगेका ठाउँ र त्यहाँका बासिन्दालाई लक्षित गरी डाइरेक्ट हटलाइन सेवा पनि सुरु गरेको छ ।
कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेकाहरुलाई सहज होस भन्दै हाम्रो डक्टरले निःशुल्क सेवा दिँदै आएको छ ।