तल्लो पेट दुख्छ ?
पवित्रा मगर २६ बर्षिया विवाहित गृहणी हुन् । विगत केही समयदेखि उनलाई तल्लो पेट दुख्ने, बारम्बार पिसाब आईरहने तथा पोल्ने समस्याले सताएको छ ।
चिकित्सकसँग जाँच र विभिन्न परीक्षण गरेपछि उनलाई “पिसाबको सक्रंमण” अर्थात (यू.टी.आई) भएको थाहा भयो । उनले चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गरिन, आराम पनि भयो । तर ३ महिना नपुग्दै समस्या दोहोरियो । त्यस्तै ४० वर्षीया हेमा आलेको समस्या पनि उस्तै उस्तै छ । उनलाई पनि तल्लो पेट दुख्ने, पिसाव पोल्ने, योनी मार्गबाट सेतो पानी जाने तथा चिलाउने जस्ता समस्याले सताएको थियो । विभिन्न जाँच तथा परिक्षण गर्दा उनलाई पि.आई.डी.अर्थात (पेल्भिक ईन्फ्लामेटरी डिजिज) भएको रहेछ भन्ने थाहा भयो । त्यसका लागि उनले औषधिहरु सेवन गरिन् । त्यस अवस्थामा आराम भयो तर औषधि सकिएको महिना दिनमा समस्या दोहरियो । यस्ता समस्याहरुले पवित्रा मगर र हेमा आले जस्ता थुप्रै महिलाहरुमा पाउँछौ ।
सामान्य अर्थमा यू.टी.आई भनेको पिसाब नली, पिसाब थैली तथा मृगौला सम्मको व्याक्टेरीयल संक्रमण हो । महिलाहरुको पिसाब नली (युरेथ्रा) सानो अर्थात करिब ४ से.मि. को मात्र हुन्छ । तिनिहरुको योनीमार्ग तथा मलाशयमा प्राकृतिक रुपमा पाईने व्याक्टेरियाहरु नै पिसाव नलीमा पुग्ने र संक्रमण गर्ने हुन्छन् । त्यसैले महिलाहरुमा यू.टी.आई. हुने सम्भावना बढी हुन्छ । २० वर्ष नाघेका करिब एक तिहाई महिलामा कम्तिमा एक पटक यू.टी.आई. भईसकेको हुने गरेको तथ्यांकहरुले देखाउँछ । पानी कम सेवन गर्ने, पिसाब मार्गको पथ्थरीले पनि यू.टी.आई. को सम्भावनालाई बढाउने गर्छ । गर्भावस्थामा पाठेघर ठूलो हुन्छ, यसले पिसाब नली (युरेथ्रा) लाई थिच्ने हुन्छ । त्यसैले गर्भावस्थामा यू.टी.आई. हुने सम्भावना बढी हुन्छ । यू.टी.आई. पुरुषलाई नहुने त होइन तर तुलनात्मक रुपमा महिलालाई बढी हुने गर्छ । ई. कोलाई नामक व्याक्टेरीया यू.टी.आई. का प्रमुख कारण हो । यू.टी.आई. भएको बेला ज्वरो आउने, वान्ता हुने, पेट दुख्ने, बारम्बार पिसाव आउने तथा पिसाब पोल्ने आदी हुन सक्छ ।
त्यस्तै पि.आई.डी. मुख्य रुपमा महिलाहरुको यौन अंगहरुको सक्रंमण हो । एउटा जीवाणुले एउटा मात्र अंगलाई सक्रंमण नगरेर विभिन्न थरीका जिवाणुहरुले तल्लो यौनांगहरुलाई सक्रंमण गरेको हुन्छ । तल्लो पेट दुख्ने, योनीमार्गबाट सेतो पानी तथा पीप बग्ने, योनांग चिलाउने, मन्द ज्वरो आउने तथा पिसाबको खरावी हुन सक्छ । पि. आई.डी. मा महिलाहरुमा मानसिक तनाव पनि हुन सक्छ । त्यसैले यस्तो बेला खानामा रुची कम हुने, टाउको दुख्ने आदि पनि हुनसक्छ ।
युटिआई र पिआईडी दुवै जीवाणुहरुले सक्रंमणले गर्दा हुने रोग हो । र, दुवै औषधिहरुको सेवनले पुर्णरुपमा निको पार्न सकिने समस्या हो । तर पनि पटक–पटकको समस्याले विशेषगरी महिलाहरु पीडित हुने र चिन्तित रहने गरेको पाईन्छ । त्यसैले यस्ता बिमारीको उपचार गर्दा एन्टिवायोटिक्सको मात्रा पुरा गरेर मात्र पुग्दैन । संक्रमणको मुख्य कारकहरु पत्ता लगाउन पनि उत्तिकै आवश्यक हुन्छ । युटिआईको उपचार गर्दा व्याक्टेरियाको कल्चर गरेर मात्र नभई सिस्टोस्कोप गर्नुपर्ने तथा युरोलोजिष्ट चिकित्सकको सहयोग पनि लिनुपर्ने हुनसक्छ । त्यस्तै पिआईडीको उपचार गर्दा श्रीमानलाई पनि औषधि दिनुपर्ने हुनसक्छ । यस बाहेक व्यक्तिगत सरसफाईमा ध्यान पु¥याउने तथा पानी धेरै पिउने जस्ता सामान्य गतिविधिले पनि यो समस्या कम गर्न सकिन्छ । भरसक तनावमय वातावरण सृजना नगर्ने, यसबाट आफूलाई परै राख्ने गर्नुपर्छ । गर्भावस्थामा अत्याधिक मात्रामा पानी सेवन गर्नुपर्छ । योनीमार्गको सफाई, महिनावारीको समयमा सरसफाईमा बिशेष ध्यान पु¥याउनुपर्छ । यौनसाथी धेरै नबनाउने, कण्डम प्रयोग गर्ने जस्ता साबधानी अपनाउँदा पनि पिआइडीबाट बच्न धेरै हदसम्म सहयोग पुर्याउँछ ।
2 Comments
-
Tallo pet dukh ne ma ke garni hola
-
Maile pani astai samasya vayako mahila fela pareko sarri sukdai jane vayko xa khii jankari payakoma khusi lageko baki yastai mahato purana kuraharu sheare garnuhola asagareko xa
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।