धादिङका जिल्ला न्यायाधीश पौडेलको कोरोना संक्रमणबाट निधन
काठमाडौं, २१ जेठ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।
५५ वर्षका पौडेलको उपचारका क्रममा आज बिहान काठमाण्डौको स्टार अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । पौडेल विगत २ वर्षदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत थिए । उनले २० दिनदेखि कोरोना संक्रमण भएर उपचार गराइरहेका थिए ।