नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको जानकारी छैनः डब्ल्यूएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालका कोभिड–१९ (कोरोना भाइरस) को कुनै नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।
डब्ल्यूएचओको नेपालमा रहेको कार्यालयले बिहीवार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएको हो । ‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’, फेसबुक पेजमा भनिएको छ ।
नेपालमा रहेका भेरियन्टहरू अल्फा (बी.१.१.७ं), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) रहेको डब्ल्यूएचओले जनाएको छ । यस्तै अहिले नेपालमा सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) रहेको जानकारी दिइएको छ ।
Last modified on 2021-06-03 16:57:00