कैलालीमा कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु



Download our app to get more features

धनगढी, २० जेठ । सेती प्रादेशिक अस्पताललमा उपचाररत एक जना म्यूकोर्माइकोसिस (कालो ढुसी) को संक्रमितको मृत्यु भएको छ । 

यहि जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका  ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको बिहीबार बिहान ७ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
 
उनीमा लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुस्टि भएको अस्पतालले जनाएको छ ।

Last modified on 2021-06-03 13:43:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts