कोरोना संक्रमित डा. पशुपति रजौरियाको उपचारको क्रममा निधन



Download our app to get more features

रुपन्देही, २० जेठ । कोरोना संक्रमण पुष्टि भएका डा. पशुपति रजौरियाको निधन भएको छ ।

विगत २५ दिनदेखि कोरोना संक्रमण भई काठमाडौंमा उपचार गराईरहेका डा. रजौरियाको बुधवार राति सवा ९ बजे निधन भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराईरहेका रजौरियाको उपचारकै क्रममा कोरोना  नेगेटिभ आएको थियो । तर, पछि उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । २० दिनसम्म भेन्टीलेटरमा राखेर उनको उपचार गरिएको तर, बचाउन नसकिएको डाक्टरहरुले बताएका छन् ।

कपिलवस्तुको कृष्णनगर निवासी डा. रजौरिया सुरुमा लुम्बिनी प्रादेशिक अस्पताल बुटबल, देवदह मेडिकल कलेज हँुदै विगत केहि महिनादेखि भैरहवा स्थित युसिएमएसमा जनरल फिजिसियनको रुपमा कार्यरत थिए । 

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले कोरोना १० दिनमा नेगेटिभ आउँछ  तर नेगेटिभ आएपनि कोरोनाले फोक्सोमा पारेको प्रभाव निको नहँुदा समस्या हुने गरेको बताए । जसका कारण मानिसहरुको मृत्यु हुने गरेको उनको भनाइ छ ।

डा. खनालका अनुसार रजौरियमा पोस्ट कोभिडले निमोनिया गराएको हुन सक्ने र त्यहि कारणले उनको मृत्यु भएको हुन सक्छ ।

डा. रजौरियाकी श्रीमति पनि युसिएमएसमा चिकित्सक छिन । उनीपनि कोरोना संक्रमण भएको र केहि समयपछि निको भएको बताईएको छ । 

Last modified on 2021-06-03 11:29:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts