यूएई सरकारले पठाएको १५० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाडौं आयो



Download our app to get more features

काठमाडौं, १९ जेठ । यूएई सरकारले नेपाललाई अनुदान स्वरूप दिएको १५० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाडौं आएको छ ।

यूएईम रहेको नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा यूएई सरकारले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटरसहित ट्रली, मास्कसहित १२ टन स्वास्थ्य सामग्री तथा उपकरणहरू आज आफ्नै विशेष विमानमार्फत नेपाल पठाएको हो । 

कोरोना प्रभावित बिरामी मात्रै नभएर अन्य बिरामीको उपचारमा  जीवन रक्षक मानिने बहु उपयोगी एउटा भेन्टिलेटरको मूल्य लगभग २० लाख नेपाली रुपैयाँ पर्ने जनाइएको छ । यूएईको विशेष विमान  स्वास्थ्य सामग्री बोकेर बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो । खाडी क्षेत्रमा सरकारी तवरबाट सहयोग पठाउने यूएई पहिलो देश हो ।

अबुधाबीस्थित नेपाली दूतावासले यूएईको परराष्ट्र मन्त्रालयलाई नेपालमा स्वास्थ्य समस्या उत्पन्न हुन लागेकोले यथाशक्य सहयोग गर्न आग्रह गरेपछि यूएई सरकारले सहयोग उपलब्ध गराएको हो । 

यूएईले गएको वर्ष पनि नेपाललाई कोरोना सङ्क्रमितको उपचारमा संलग्न  स्वास्थ्यकर्मी तथा बिरामीको प्रयोजनको लागि भन्दै स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । 
 

Last modified on 2021-06-03 09:16:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts