काठमाडौं उपत्यकामा जेठ ३१ सम्म लम्ब्याइयो निषेधाज्ञा, के-के खोल्न पाइन्छ ?



Download our app to get more features

काठमाडौं, १९ जेठ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो हुने भएको छ ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ ३१ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । तर, यसपटकको निषेधाज्ञामा हालको भन्दा खुकुलो हुने बताइएको छ ।

हाल बन्द गरिएका मल, किराना पसल २१ गतेबाट लागू हुने निषेधाज्ञामा खोल्न पाइने भएको छ भने सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप पनि बिहान ९ बजेसम्म खुल्न पाउने भएका छन् ।

यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, ढुवानीका साधन राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन हुनेछन् भने निर्माण क्षेत्रका सवारी साधान राती ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

यस्तो छ जेठ २१ गतेबाट लागू हुने निषेधाज्ञा अवधिबारेको निर्णयः

Last modified on 2021-06-03 07:32:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts