आईएमई फाउण्डेशनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग 



Download our app to get more features

काठमाडौं, १९ जेठ । आईएमई फाउण्डेशनले कोरोनाको रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ ।

आईएमई फाउण्डेशनका संरक्षक तथा आईएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल र फाउण्डेशनका अध्यक्ष तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् । 

फाउण्डेशनले गण्डकी प्रादेशिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, र निजामती कर्मचारी अस्पताललाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको हो । त्यसैगरी, फाउण्डेशनले जनता स्वास्थ्य केन्द्रद्वारा सञ्चालित आइसोलेशन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । 

यसका अतिरिक्त फाउण्डेशनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब एक करोड २८ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट अर्डर गरिसकेको जनाएको छ ।

यस अघि फाउण्डेशनले वैदेशिक रोजगारीमा रहँदा ज्यान गुमाएका नेपालीहरूको घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करिब एक सय प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति ५८ हजार रुपैयाँ राहत उपलब्ध गराएको थियो । 

आईएमई फाउण्डेशन आईएमई ग्रुपअन्तर्गत सञ्चालित एक मुनाफारहित परोपकारी संस्था हो । 
 

Last modified on 2021-06-02 12:17:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts