वीर अस्पतालको कोभिड युनिफाइड अस्पतालमा उपचार सुरु
काठमाडौं, १९ जेठ । वीर अस्पतालको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा कोरोना भाइरसका सङ्क्रमितको उपचार सुरु भएको छ ।
सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल घोषणा गरेसँगै नयाँ भवनमा आजदेखि बिरामी भर्ना गरेर उपचार दिन थालिएको कोरोना युनिफाइड अस्पतालका प्रमुख डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
गौतमका अनुसार ५० शय्या सञ्चालन गरिएको नयाँ भवनमा अक्सिजन सिलिन्डर र लिक्विड अक्सिजनको व्यवस्था गरिएको छ । तर अक्सिजन प्लान्ट नयाँ भवनमा नभएकाले अहिलेलाई कम अक्सिजन आवश्यक पर्ने बिरामीलाई मात्र राखिएको उनले बताए ।
डाक्टर गौतमले केही दिनभित्रै एक सय शय्या सञ्चालमा ल्याउने बताएका छन् ।
Last modified on 2021-06-02 11:32:01