काठमाडौं उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन, के–के खोल्न पाइन्छ ?



Download our app to get more features

काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भएको छ । मङ्गलवार (आज) उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको छलफलले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गरेका छन् ।

उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा यही २० गते बिहीवार सकिँदैछ । यसपछि निषेधाज्ञा खुकुलो बनाउनेबारे आज छलफल भएको र भोलि निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।  उनका अनुसार अब खाद्यान्न पसल बिहान ९ बजेसम्म खुलाउने तयारी भएको छ ।

यस्तै आवासीय सुविधा दिए विकास निर्माणका कामलाई पनि अगाडि बढाउन दिने तयारी छ । सार्वजनिक निर्माणका ढुवानी सवारी साधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म चलाउन पाइने छ ।
यस्तै, भन्सारबाट एक्जिट नोट जारी भएका मालवाहक सवारी साधन र छुटाउन जाने एजेन्ट कर्मचारीलाई भन्सार प्रमुखले सिफारिस गरेका कर्मचारीलाई जान दिइने छ। विकास बैंक र वाणिज्य बैंकहरुलाई सिमित कर्मचारीका लागि सवारी साधन चलाएर सञ्चालन गर्न दिइने छ । 

कोरोना भाइरसको सङ्क्रमण केही कम हुन थालेकाले निषेधाज्ञा खुकुलो बनाउने तयारी भएको हो । बुधबार बिहान फेरि तीन जिल्ला प्रमुखको बैठक बसेर निर्णय हुने छ । 

यसअघि गएको १४ गतेदेखि थपिएको निषेधाज्ञा कडा बनाइएको थियो ।  पछिल्लो पटक थपिएको निषेधाज्ञामा खाद्यान्न पसलसमेत बन्द गरिएको छ । 

Last modified on 2021-06-02 08:29:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts