अस्पतालले बिरामीसँग चर्को शुल्क असुलेको गुनासोपछि शुल्कको विवरण सार्वजनिक निर्देशन
काठमाडौं, १८ जेठ । अस्पतालहरुले बिरामीसँग चर्को शुल्क असुलेको भन्दै सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक लगायत सबै अस्पताललाई निर्देशन दिएको हो ।
गुणस्तर मापन तथा नियमन महाशाखाद्वारा जारी गरिएको सूचनामा ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न भनिएको छ ।
त्यस्तै उक्त मूल्यसूचीको विवरण स्वास्थ्य संस्था सञ्चालनको इजाजत दिने निकायमा पनि पठाउन भनिएको छ ।
यस्तो छ सूचना: