रुपन्देहीमा गत २४ घन्टामा जम्मा ५० जनामा कोरोना संक्रमण, १ जनाको मात्रै मृत्यु
रुपन्देही, १८ जेठ । रुपन्देहीमा गत २४ घन्टामा जम्मा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा ८ सय ८ जनाको आरटी पीसिआर परीक्षण गर्दा ५० जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार गत २४ घन्टामा मात्रै १ जनाको कोरोनाका कराण मृत्यु भएको छ भने ३ सय ७८ जना कोरोनाबाट मुक्त भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार रुजिल्लामा मंगलवार सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा १३ जना संक्रमित थपिएका छन् ।
यसैगरी बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा ९/९ जना, देवदह नगरपालिकामा ५ जना, ओमसतिया गाउँपालिकामा ३ जना, सैनामैना नगरपालिका, मायादेवी गाउँपालिका, मर्चवारी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २/२ जना, कञ्चन गाउँपालिका र शुद्धोधन गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ५सय १ पुगेको छ । जसमध्ये २४ हजार ३ सय ३३ जना निको भएका छन ।
हाल जिल्लामा १ हजार ८ सय २० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । रुपन्देहीमा आजसम्ममा ४ सय ३ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको तथ्यांक छ ।