थप ६८ जनाको कोरोनाका कारण मृत्यु, होम आइसोलेसनमा बस्नेको संख्या ९७ हजारमा झर्यो



Download our app to get more features

काठमाडौं, १८ जेठ । नेपालमा गत २४ घन्टामा ६८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुुगेको छ ।

हाल देशभर रहेका संक्रमितमध्ये १ हजार ४ सय ९१ जना आईसीयूमा भर्ना छन् भने ४ सय ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७ सय ८९ रहेको छ । जसमा ९७ हजार ७ सय ४ जना होम आइसोलेसनमा छन् भने ७ हजार ८५ जना संस्थागत आइसोलेसनमा छन् ।

Last modified on 2021-06-01 19:47:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts