फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीलाई १ करोडको सम्मान



Download our app to get more features

काठमाडौं, १८ जेठ । कोरोनामा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई बारबरा फाउन्डेसनले १ करोड १ रुपैयाँको सम्मान गर्ने भएको छ। कोभिड–१९ को नयाँ भेरियन्टसँग मुलुक लडिरहेको र त्यसमा अग्रपंक्तिमा रहेर खटिएका स्वास्थ्यकर्मीहरु लाभान्वित हुने फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले एक विज्ञप्ती जारी गर्दै पुरस्कार बारे जानकारी गराएका हुन् । ‘अग्रपक्तिका सिपाहीका रुपमा अनवरत लागि पर्ने विभिन्न पेशाकर्मी मध्ये स्वास्थ्यकर्मीहरुको भूमिका नै सबैभन्दा महत्वपुर्ण रहेको छ ।

नेपालको विकट हिमाली क्षेत्रदेखि तराईसम्मका विभिन्न चुनौतीपुर्ण भुगोलमा बसेर सिमित श्रोत साधनलाई व्यवस्थापन गर्दै दैनिक आउने चुनौतीका बाबजुद विरामीको जीवन रक्षाको लागि लागि पर्नु पक्कै सहज छैन । व्यक्तिगत तथा पारिवारिक जीवनलाई तिलाञ्जली दिएर मानवीय कार्यमा खट्ने हरेक महान व्यक्तिहरुको आजको अवस्था हेर्दा उहाँहरुको प्रशसां जति गरे पनि कमै हुन्छ’, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फाउन्डेसनले सम्मानका लागि स्वास्थ्यकर्मी छनोट गर्ने नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइरालाको अध्यक्षतामा निर्णायक समिति गठन गरेको छ।
 

Last modified on 2021-06-01 18:14:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts