सुर्तीजन्य पदार्थ सेवन गर्नेमा कोरोनाको जोखम उच्च
काठमाडौं, १७ जेठ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कोभिड–१९ को सङ्क्रमणको उच्च हुने देखिएको छ । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि फोक्सो र मुटुलाई बढी असर गर्ने भएकोले जोखिम रहेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र एक्सन नेपालले आज गरेको ‘कोभिड १९ को संक्रमणबाट बचाउन नागरिकलाई सुर्तीजन्य पदार्थ छुटाउ’ बिषयक अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपालका प्रतिनिधी डा. राजेश पाण्डवले सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने र सङ्क्रमणले झनै फोक्सोलाई असर गर्ने बताए ।
उनले अहिले संक्रमणले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति बढी गम्भिर बनाउने भएकोले सेवन छाड्नुपर्ने बताएकाछन् । धुम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग गरेको २० मिनेटमा नै मुटुको धनकनमा सुधार आउने उनको भनाई छ ।
नेपाल कार्डियो सेन्टरका वरिष्ठ कार्डियोलोजिष्ट डा. ओममुक्ति अनिलले अहिले कोभिड–१९ को कारणले सुर्तीजन्य पदार्थ सेवन घटेको बताए । अहिले घटिरेको सुर्तीजन्य पदार्थको सेवनलाई निरन्तर दिनका लागि उत्प्रेरणा दिन खालका कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ ।
दिनमा एक दुई वटा चुरोट खाँदा पनि हृदयघात, फोक्सोमा क्यान्सर जस्ता समस्या देखिएको र युवा अवस्थामा नै सुर्तीजन्य पदार्थको सेवन छाड्न सेवन छाड्न सके स्वास्थ्यलाई फाइदा हुने उनको भनाई छ ।
यस्तै, विगटित प्रतिनिधि सभाका सदस्य एव नेतृ रामकुमारी झाँक्रीले जनस्वास्थ्यमा हानी गर्ने सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून कार्यान्वयन गर्नै पर्नेमा जोड दिईन् । उनले पछिल्लो समय सुर्तिजन्य पदार्थको प्रयोगलाई कतिपयले सानको रुपमा लिने गरेको भन्दै यसलाई निरुत्साहित गर्नुपर्ने बताइन् । उनले सूर्ति नियन्त्रण सम्वन्धी कानून कार्यान्वनयमा आफू प्रतिवद्ध रहेको समेत स्पष्ट पारिन ।
राष्ट्रिय सभा सदस्य कोमल वलीले जनस्वास्थ्यलाई हानी गर्ने सुर्तिजन्य पदार्थ प्रयोग नगर्न नगराउन सबैको हातेमालो आवश्यकता रहने बताइन । उनले धूमपानको कुलतमा लागिसकेकाहरुलाई कुलतबाट निकाल्ने उपयुक्त विकल्पको खाँचो रहेको औल्याइन् ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोभिड महामारीका कारण सूर्तिजन्य पदार्थको नियमन तथा अनुगमन र यसलाई निरुत्साहित गर्ने कार्यक्रम ल्याउन नपाएको भन्दै अवस्था सहज हुनासाथ यसले प्राथमिकता पाउने ठोकुवा गरे । उनले महामारीकै बीचमा मन्त्रालयको प्रयासले नै यसपटक सुर्तिजन्य पदार्थमा कर बढेको समेत दावी गरे ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाका अनुसार नेपालमा बर्षेनी २७ हजार १३७ जना सुर्तिजन्य पदार्थको सेवनले हुने गरेको छन् । जुन नेपालमो मृत्युको करिव १५ प्रतिशत रहेको हो । सुर्तिजन्य पदार्थको सेवनले नसर्ने रोगहरु क्यान्सर, मुटुरोग, दिर्घ श्वासप्रश्वास सम्बन्धि रोग र मधुमेह रोग लाग्ने गरेको छ ।
विश्वामा करिव ८० लाख मानिस सुर्तीजन्य पदार्थको सेवनबाट हुने र १२ लाख संगै बस्नेले खाएको चुरोटको धुँवाको असरको कारणले मृत्यु हुने गरेको छ ।
केन्द्रका निर्देशक डा.थपलियाका अनुसार नेपालको तथ्याकले हाल सुर्तीजन्य पदार्थ सेवन गर्ने २८.९ प्रतिशत रहेको छ । तिमध्ये ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला रहेका छन् । यसैंगरी पहिलो पटक धुम्रपान शुरु गर्दाको औषस उमेर १७.८ रहेको छ । दिनहुँ चुरोट खाने व्यक्तिले प्रत्येक दिन करिव ६.५ वटा चुरोट खाने गरेको छन् ।
नेपालमा बर्षेनी सुर्तीजन्य पदार्थको सेवनले उपचारार्थ खर्च, रोगीको उत्पादकत्वमा आएको ह्रास, अकाल मृत्यु र अशक्त हुँदा करिव ४७ अर्ब रुपियाँ क्षति हुने गरेको छ ।
आज नेपाल सहित विश्वभरि ‘सुर्तीजन्य कुलत छोड्ने प्रतिज्ञा गर्नुहोस् ः कुलत त्याग्नेहरु नै वास्तविक विजेता हुन’ भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइदै छ ।