फर्मासिष्ट पन्तको अध्यक्षतामा १६ सदस्यीय नेपाल फार्मेसी संघ चितवन गठन
चितवन, १७ जेठ । नेपाल फार्मेसी संघ चितवन साखामा फर्मासिष्ट विनोद पन्तको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
भरतपुरमा आइतवार भएको फर्मासिष्टहरूको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा पार्वती बगाले र हरि प्रसाद पौडेल, महासचिवमा ओमकार सापकोटा, सचिवमा प्रभात पौडेल र विनय सापकोटा चयन भएका छन् । त्यसैगरी, कोषाध्यक्षमा विजय पौडेल, सहकोषाध्यक्षमा अजय घिमिरे चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा सुशील सिक्देल, विशाल खड्का, विनोद लामिछाने, श्रवण ढकाल, प्रदीप पाठक, रोसन बस्नेत, विकास मिश्र र धर्मनाथ यादव चयन भएका छन् ।
कार्यक्रम संघका केन्द्रीय अध्यक्ष अमृत खनालको प्रमुख आतिथ्यतामा भएको थियो । नेपाल फार्मेसी संघ समग्र फार्मेसी क्षेत्रको पेशागत हकहितको लागि बनेको फर्मासिष्ट र सहायक फर्मासिष्टहरूको गैर राजनीतिक साझा संगठन हो ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।