सुर्तिजन्य पदार्थमा करीब २५ प्रतिशतले बढ्यो कर



Download our app to get more features

काठमाडौं, १६ जेठ । सरकारले सुर्तिजन्य पदार्थमा अघिल्लो बर्षको तुलनामा करीव २५ प्रतिशतले कर बृद्धि गरेको छ । सुर्तिजन्य पर्दार्थमा यसबर्ष भएको कर बृद्धि दर पछिल्लो पाँच बर्ष यताकै बढी हो ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७८ /०७९ को बजेटमा सुर्तिजन्य पदार्थमा लाग्दै आएको करमा सामान्य बृद्धि गरिएको उल्लेख थियो ।

शनिबार जारी आर्थिक अध्यादेशमा सुर्तिजन्य पदार्थहरु बिडीमा करीव साढे ४ प्रतिशत र हुक्का फ्लेवरमा २० प्रतिशत बाहेक अरुमा २५ प्रतिशतको हाराहारीमा बढेको छ ।

साढे तीन प्रतिशतको मुद्रास्फितिलाई समेत समावेश गर्दा बृद्धिप्रतिशत झण्डै २१ देखि २२ प्रतिशतमा अडेको सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण क्रियाशिल संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले बताएका छन् ।  उनले यसबर्षको बढेको प्रतिशतको आधारमा यसअघि सुर्तिजन्य पदार्थमा रहेको झण्डै ३० प्रतिशतबाट बढेर ३७ प्रतिशत नजिक पुगेको बताए ।

उनले आफूहरुले सरकारलाई यसबर्ष कम्तिमा ५० प्रतिशत बृद्धि गरी आगामी ३ बर्ष भित्रमा डव्लुएचओको मापदण्ड पुग्न सकिने सुझाव दिएको बताए । 

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक)का कार्यकारी निर्देशक शान्तलाल मुल्मीले अपेक्षाकृत सुर्तिजन्य पदार्थमा कर नबढेको बताए ।

स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका टोवाको फोकल पसर्न समेत रहेका बरिष्ठ जनस्वास्थ्य निरीक्षक डा. भक्त केसीले शनिबार सार्वजनिक बजेटमा सुर्तिजन्य पदार्थमा लगाइएको करको दर सकारात्मक रहेको बताएका छन् । 

Last modified on 2021-05-30 13:41:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts