औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट
काठमाडौं, १५ जेठ । सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए।
सरकारले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको ७० प्रकारको औषधि सबै स्वास्थ्य संस्थामा हुने उनले बताए। औषधिको मूल्य र गुणस्तरको नियमित अनुगमन समेत गरिने उनले बताए।