नेपालमा थप १ सय १६ जनाको कोरोनाका कारण मृत्यु
काठमाडौं, १५ जेठ । नेपालमा थप १ सय १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ सय १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ११ हजार ५ सय ९ रहेको छ । जसमा १ लाख ३ हजार ७ सय जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ८ सय ९ जना संस्थागत आइसोलेसनमा भर्ना छन् ।
देशभर रहेका संक्रमितमध्ये १ हजार ६ सय १४ जना आईसीयूमा छन् भने ४ सय ५७ जना भेन्टिलेटरमा छन् ।