स्वास्थ्य मन्त्रालयलाई एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट



Download our app to get more features

काठमाडौं, १५ जेठ । आउँदो आर्थिक वर्षका लागि सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस वर्ष मन्त्रालयलाई बजेट बढाइएको अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमा जानकारी दिए । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको र कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको हो । 

यस्तै सरकारले सबै पालिकामा स्वास्थ बीमा कार्यक्रम सञ्चालन गर्न सात अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts