कोभिड–१९ को रोकथाम नियन्त्रण, उपचार र खोपको सुनिश्चितताका लागि बजेट अभाव नहुने
काठमाडौं, १५ जेठ । सरकारले कोरोना महामारीलाई केन्द्रीत गरी बजेट सार्वजनिक गरेको छ । कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर सार्वजनिक गरिएको बजेटमा कोरोना महामारीविरुद्धको लडाइँमा सरकारले खोपलाई प्राथमिकतामा राखेको छ ।
बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सबै अस्पतालमा कोभिडको निःशुल्क परीक्षण, अक्सिजन प्लान्ट जडान, सिलिन्डर खरिद, अक्सिजन उद्योग स्थापनाका लागि चाहिने आवश्यक उपकरणका लागि सबै कर छुट, सामुदायिक तथा नीजि अस्पतालले अक्सिजन प्लान्ट जडान गर्दा लागतको ५० प्रतिशत कर छुट दिइने बताए ।
यस्तै आईसीयू, भेन्टिलेटर, एचडीयू, टेस्ट किट लगायतका लागि ४ अर्ब बजेट विनियोजन गरेको छ । अस्पतालमहरुमा आवश्यक औषधि अभाव हुन नदिन पनि बजेट विनियोजन गरिएको उनले बताए ।
Last modified on 2021-05-29 17:27:37