स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट



Download our app to get more features

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्बभन्दा बढीको बजेट विनियोजन गरेको छ। कुल विनियोजन रकममध्ये स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। 

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्यका लागि उक्त  बजेट छुट्याइएको जानकारी दिएका  हुन्। बजेटमा कोरोना संक्रमण रोकथाम र स्वास्थ्य प्रणाली सुधारलाई प्राथमिकता दिइएको छ। कोभिड विरुद्धको भ्याक्सिन खरिदलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

बजेटमा महिला स्वास्थ्य स्व‌यंकसेविकाको भत्ता वृद्धि, जोखिम भत्ता, राष्ट्रिय रोग नियन्त्रण केन्द्र लगायतका कुरा समेत समावेश छन्। सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। 

कोभिड खोप खरिदका लागि २६ अर्ब बजेट बिनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन्।

Last modified on 2021-05-30 07:45:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts