उज्जवल थापाको सम्पूर्ण उपचार खर्च दुर्गा प्रसाईंले व्यहोर्ने 



Download our app to get more features

काठमाडौं, १५ जेठ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अवस्था कोभिड-१९ का कारण गम्भीर बन्दै गएको छ। उनको अवस्था गम्भीर बन्दै गएपछि सहयोग संकलन थालिएको छ।

रकम संकलन गर्न थालिएको समाचार प्रकाशित भएपछि बि एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले थापाको उपचार खर्च व्यहोर्ने निर्णय गरेका छन्। उपचार खर्च प्रदान गर्ने विषयमा प्रसाईंले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।

सामाजिक अभियान्ता तथा विवेकशिल पार्टीका पूर्व अध्यक्ष थापाको उपचारमा सहयोग संकलन लागि आह्वान भएको जानकारी हुन आएकोले मेडिसिटी अस्पतालमा उपचाररत उहाँको सम्पूर्ण उपचार खर्च बिएन्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले प्रदान गर्ने व्यहोरा अनुरोध गर्दै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु, विज्ञप्तिमा भनिएको छ।

अस्पतालको सामाजिक उत्तरदायित्व र मुल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस् भन्ने रहेकाले थापाको उपचार खर्च व्यहोर्ने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

केही दिनदेखि भेन्टिलेटरमा उपचाररत थापालाई इसिएमओ प्रविधिबाट उपचार गराउनका लागि आर्थिक सहयोग संकलन थालिएको हो। भेन्टिलेटरमा उपचार गराइरहँदा उनको स्वास्थ्यमा त्यति प्रगति नदेखिएको भन्दै चिकित्सकको सल्लाहमा उक्त प्रविधिबाट उपचार गर्न सुझाएका हुन्। 

थापा कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए। ह्याम्सले ग्राण्डी अस्पताल रेफर गरेपनि इसिएमओ प्रविधिबाट उपचार गर्नुपर्ने भएपछि मेडिसिटी लगिएको हो। 

मेडिसिटी अस्पतालका अस्पतालका आकस्मिक विभागका चिकित्सकहरु डा विजय चौधरी, डा सञ्जय कार्की, पारामेडिक्सहरु रमेश न्यौपाने र बालिगंग शाहीको टोलीले थापालाई मेसिसिटी ल्याएको हो।

इसिएमओ एक प्रकारको मेसिन हो, जसले बिरामीलाई रगत पम्प गरी अक्सिजन गर्ने र यसले मुटु र फोक्सोलाई आराम दिन मद्दत गर्छ। तर, यो उपचार पद्धति साह्रै महंगो भएको भन्दै थापाका शुभचिन्तकले आर्थिक सहयोग संकलन थालेका हुन्। 

Last modified on 2021-05-29 13:12:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts