कोरोनाको बिरामीमा प्रयोग हुने औषधि ‘टोसीलिजिम्याब’ नेपाल भित्रियो



Download our app to get more features

काठमाडौं, १५ जेठ । कोरोनाका गम्भीर बिरामीमा प्रयोग हुने औषधि ‘टोसीलिजिम्याब’ नेपाल भित्रिएको छ। यतिकेम डिस्ट्रिब्युटर्स प्रालिले शुक्रबार ४०० एमजीर२० एमल को पाँच सय भाइल नेपाल भित्र्याएको औषधि व्यवस्था विभागले जनाएको छ।

औषधि व्यवस्था विभागका अनुसार ‘टोसीलिजिम्याब’ ५ सय भाइल नेपाल आएको छ। कोरोनाका बिरामी उपचारमा रेम्डिसिभिरलाई प्रभावकारिता नभएको भन्दै बन्द गरेका छन्।

‘टोसीलिजिम्याब’ लाई प्रभावकारिता राम्रो रहेको विज्ञले बताउँदै आएका छन्। टोसीलिजिम्याबको एक भाइलको ५९ हजार ८ सय ५० पर्ने विभागले जनाएको छ। सो औषधि बिरामीको चिकित्सकको सिफारिस अनुसार मात्रै उपलब्ध हुनेछ।

बिरामीको पुर्जा, कोरोनाको पीसीआर टेस्टको पोजेटिभ रिपोर्ट, औषधि खरिद गर्न आउने आफन्तको फोन र फोटो सहितको परिचय पत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

Last modified on 2021-05-29 12:12:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts