कोरोनाविरुद्धको खोपको उपलब्धताबारे सरकार हरसम्भव प्रयासमा छः प्रधानमन्त्री ओली



Download our app to get more features

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकतामा नागरिकलाई कोरोनाविरुद्धको खोप जुनसुकै हालतमा लगाउनै पर्ने रहेको बताएका छन् ।

शुक्रवार देशवासीका नाममा सम्बोधन गर्दै उनले कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका नागरिकहरूका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गर्ने गरी तयारी भइरहेको बताए बताए । 

उनले कोरोनाभाइरस महामारीमाथि विजयका लागि खोप अनिवार्य रहेको बताउँदै खोपको उपलब्धताबारे जनतालाई आश्वस्त पार्ने प्रयासहरु भइरहेको बताए ।

उनले भने, 'पहिलो मात्रा खोप लगाएका नागरिकहरूका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु । थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरी छाड्ने विश्वास दिलाउन चाहन्छु,’ ।

नेपालले ३२ लाख भन्दा बढी खोपका मात्रा अनुदान मार्फत प्राप्त गरेको छ भने खरिदबाट १० लाख मात्रा खोप प्राप्त गरेको पनि उनले जानकारी गराए ।

कोभिड विरुद्धको लडाइँको अग्रपंक्तिमा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी चालक तथा सफाइकर्मी र निजामती सेवाका राष्ट्रसेवकहरू कार्यरत रहेको बताउँदै प्रधानमन्त्री ओलीले उनीहरूको सुरक्षामा सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

भेरी अस्पतालमा भएको घटनालाई जोड्दै उनले अग्रपंक्तिमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य तहका कामदार तथा राष्ट्रसेवक कर्मचारीमाथि कुनै पनि बहानामा हुने भौतिक वा कुनै पनि प्रकारको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि भएको आक्रमण सरह नै दण्डनीय मानिने पनि बताए ।

Last modified on 2021-05-29 10:25:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts