कोरोनाविरुद्धको खोप खरिदका लागि सरकारको प्राथमिकतामा विश्वका ४ मुलुक

चीन र अमेरिकासँग १ करोड खोप खरिद गर्ने तयारी



Download our app to get more features

काठमाडौं, १४ जेठ । सरकारले कोरोनाविरुद्धको खोपका लागि विश्वका ४ मुलुकसँगको पहलमाथि जोड दिएको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालद्वारा कोभिड १९ विरुद्धको खोप आयातमा भइरहेको कुटनीतिक प्रक्रियाका लागि भइरहेको पहल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विश्वका ४ खोप निर्माता कम्पनिसँग कुराकानी भइरहेको बताए ।

उनले चीनको सिनोफार्म, रुसको स्पुतनिक, अमेरिकाको जोन्सन एण्ड जोन्सन र अमेरिकाको एस्ट्राजेनेकासँग खोपका लागि पहल भइरहेको बताए ।

मन्त्री ज्ञवालीले सिनोफार्मबाट ५० लाख र जोन्सन एण्ड जोन्सनबाट ५० लाख खोपका लागि पहल भइरहेको पनि जानकारी गराए ।

उनले खोप खरिद प्रक्रियासम्बन्धी कानूनी प्रावधानले समस्या भएको हुँदा अबको १० देखि १५ दिनभित्र यो विषयमा निस्कर्स निस्कने र खोप खरिद प्रक्रिया सहज हुने हुँदा खोप खरिदमा सहज हुने विश्वास व्यक्त गरे ।

उनले सरकारले खोप खरिदका लागि ३६ अर्बको स्रोत सुनिश्चित गरिसकेको हुँदा त्यसै अनुसारको काम भइरहेको पनि बताए ।

खोपको आपूर्ति, माग लगायतका विषयमा तालमेल नमिल्दा पनि केही समस्या देखिएको र खोपको असमान वितरणका कारण पनि खोपको आपूर्तिमा समस्या भएको उनको भनाइ छ ।

नेपाली जनतालाई खोप लगाउने र जीवन रक्षा गर्ने सरकारको प्राथमिकता रहेकाले सरकारले खोप निर्माता मुलुक र कम्पनीहरुसँग निरन्तर छलफल भइरहेको पनि मन्त्री ज्ञवालीले बताए ।

मन्त्री ज्ञवालीले पर्सी तीब्बतबाट २ लाखा डोज र २ जुनमा थप ८ लाख डोज नेपाल सरकारले भित्र्याउन लागेको पनि जानकारी गराए । 

Last modified on 2021-05-28 20:09:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts