स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल
काठमाडौं, १४ जठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) प्रमुखसमेत रहेका डा. पौडेलले मन्त्रालयको प्रवक्ता जिम्मेवारी पाएका हुन् ् । ।
यसअघि प्रवक्तामा प्राडा.जागेश्वर गौतम थिए । गौतम कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुखको जिम्मेवारी दिइएपछि प्रवक्ताको पद खालि थियो । तर जिम्मेवारी सहप्रवक्ता डा.समिर अधिकारीले सम्हमलेका थिए ।