भेरी अस्पताल घटना: स्वास्थ्यकर्मीमाथि धरपकट गर्ने दुईजना प्रहरी नियन्त्रणमा, मुख्य नाइके एमाले कार्यकर्ता रावत



Download our app to get more features

 बाँके, १४ जेठ ।  कोरोना संक्रमितको मृत्युलाई लिएर बिरामीका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि धरपकट गर्ने दुईजनालाई प्रहरीले नियत्रणमा लिएको छ। घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टको संयोजकत्वमा ७ सदस्य समिति गठन गरिएको छ।

समितिका सदस्यहरुमा नेपाल चिकित्सक संघ, बाँकेका अध्यक्ष डा विनोद कर्ण, नेपाल नर्सिङ संघ, बाँकेकी अध्यक्ष, लक्ष्मी केसी, नेपाल प्रहरीका डिएसपी, सरकारी वकिल कार्यालयका प्रतिनिधी तथा अस्पताल विकास समितिका सदस्य सहित ७ जनाको समिति बनेको अस्पतालका मेसु डा.प्रकाश थापाले बताए ।

यस्तै, आक्रमणको घटनामा मुख्य नाइके नेकपा एमालेको ओली समुहका प्रदेशका नेता रहेको पाइएको छ । लुम्बिनी प्रदेश कमिटि सदस्य तथा दाङका नेता मन बहादुर राउतको नेतृत्वको टोलीले अस्पतालका चिकित्सक र नर्समाथि मध्यराती हमला गरेको हो । राउत मुख्य मन्त्री शंकर पोखरेल र ओली समुहकी नेता शान्ता चौधरी निकट व्यक्ति रहेको पाइएको छ ।

रावतमाथी देउखुरीमा एक महिलालाई अभद्र व्यवहार गरेको भन्दै उनी माथि यसअघि बलात्कारको मुद्दा चलेको थियो। उपचार गराइरहेका आफन्तको मृत्युपछि केही मानिसले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका हुन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४/५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए । अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको थियो ।

 

Last modified on 2021-05-29 14:45:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts