अहिलेसम्म ८१३ जना पत्रकारमा कोरोना संक्रमण, १६ जनाको मृत्यु
काठमाडौं, १४ जेठ । कोरोना भाइरसबाट अहिलेसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् ।
नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी अहिलेसम्म १६ जना पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ ।
महासङ्घले दिएको जानकारीअनुसार अहिले तीन पत्रकार आइसीयूमा उपचारत छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।