घरमा खाद्यान्न सकियो भने यी नम्बरमा फोन गर्नुहोस्



Download our app to get more features

काठमाडौं, १३ जेठ । निषेधाज्ञाको आदेश लागू भएको अवस्थामा अत्यावश्यक सामग्री अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत मगाउन सकिने भएको छ ।

नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो ।

एक साताका लागि काठमाडौंमा उपत्यकामा किराना पसल र डिपार्टमेन्टल स्टोरसमेत बन्द गर्ने निर्णय गरेको उपत्यका प्रशासनले खाद्यान्न अभाव नहोस भनेर वैकल्पिक व्यवस्था गरेको हो ।काठमाडौं जिल्ला प्रशासनले एक सार्वजनिक सूचना निकाल्दै अत्यावश्यक सामग्री आवश्यक परे कम्पनीको फोन नम्बरमा सम्पर्क सकिने जनाएको छ।

साथै कम्पनीका आधिकारिक व्यक्तिहरूको मोबाइल नम्बर पनि सार्वजनिक गरिएको छ । खाद्य सामग्री मगाए मोबाइल गाडीमार्फत घरमै लैजाने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts