नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार नजिक, ४ सय ५७ जना भेन्टिलेटरमा



Download our app to get more features

काठमाडौं, १३ जेठ । नेपालमा पछिल्लो ३ दिनदेखि कोरोनाका कारण मृत्यु हुने संख्यामा पनि कमी आउन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप १ सय ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ । यसअघि बुधबार नेपालमा कोरोनाका कारण १ सय ४५ जनाको मृत्यु भएको थियो ।

यस्तै हाल देशभर रहेका संक्रमितमध्ये १ हजार ६ सय ४५ जना आईसीयूमा भर्ना भएका छन् भने ४ सय ५७ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

हाल नेपालभर सक्रिय सङ्क्रमितको संख्या १ लाख १६ हजार ४ सय ७६ रहेको छ । जसमा १ लाख ८ हजार ६ सय २६ जना होम आइसोलेसनमा छन् भने ७ हजार ८ सय ५० जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

Last modified on 2021-05-27 19:43:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts