बालबालिकालाई कोरोनाको जोखिमबाट जोगाउन बागमति प्रदेश स्तरीय अन्तरक्रिया सम्पन्न



Download our app to get more features

काठमाडौं, १३ जेठ । कोरोना महामारीको दोस्रो लहरमा बालबालिकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै बागमति प्रदेशमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बागमतिप्रदेश स्तरिय कोभिड १९ को महामारिबाट बालबालिकालाई जोगाउन, बाल स्वास्थ्य स्याहार व्यवस्थापन र बाल संरक्षणका लागि स्वास्थ्य सस्था र बालअधिकारकर्मीबीच अन्तरक्रिया कार्यक्रम भएको हो ।

राष्ट्रिय बाल संरक्षण संजाल (एन.सि.पि.ए.), स्वतन्त्रताअभियान, नेपाल पेडिएट्रिक सोसाईटि (नेपास) र पेडिएट्रिक नर्सेस एसोसिएसन अफ नेपाल (पिनान) को संयुक्त आयोजनामा बागमति प्रदेशका स्वास्थ्यकर्मी र बाल संरक्ष्ँण र बाल स्याहारको क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतिनिधिहरुबीच भर्चुअल माध्यमबाट अन्तरक्रिया भएको हो ।
 
कोभिडको वर्तमान संक्रमणबाट बालबालिकालाई कसरी उचित स्याहार गर्ने, कोभिडको संक्रमित बालबालिकालाई उपचार गर्दा स्वास्थ्यकर्मीले ध्यान दिनु पर्ने महत्त्वपुर्ण कुराहरु के हुन सक्छन्, पहिलो र दोस्रो कोभिडको भेरियन्टमा बालबालिकामा संक्रमण अवस्था र अब आउने तेस्रो भेरियन्टलाई सामना गर्न सरकार, नागरिक समाज लगायत स्वास्थ्यकर्मी र बालअधिकार अभियन्ताको के कस्तो भूमिका हुन सक्छ भन्ने सबालमा छलफल केन्द्रित थियो । 

राष्ट्रिय बाल संरक्षण संजालका अध्यक्ष ऋतु भट्ट राईले कार्यक्रमको अध्यक्षता गरेकी थिइन् । उनले अहिलेको वर्तमान कोभिड १९ को महामारिमा विशेष गरि बालबालिकालाई जोगाउन यस अभियानको थालनि बागमति प्रदेशबाट शुरु गरिएको बताइन् । 

उनले क्रमशः नेपालको सात वटै प्रदेशमा यस्तो कार्यक्रम सञ्चालन गरिने पनि बताइन् । बालअधिकार अभियन्ता, पेडिएट्रिक सोसाईटि (नेपास) र पेडिएट्रिक नर्सेस एसोसिएसन अफ नेपाल (पिनान) लगायतका सरोकारबालाहरु मिलेर बाल मैत्रि अस्पताल बालमैत्री आईसोलेसन वार्ड बालमैत्री, आईसीयू खडा गरि बालमैत्री उपचार पद्धतीको शुरुवातको लागि हाम्रो अभियान रहेको भट्टले बताइन् ।

कार्यक्रमको सहजिकरण बाल कल्याण समाज मकबानपुरबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय बाल संरक्षण सञ्जालमा सचिवको भूमिका निर्वाह गर्नु हुने प्रकाश खतिवडाले गरेका थिए । उनले आफू राष्ट्रिय बालअधिकार परिषदको कोभिड संकट बालबालिका संरक्षण स्वयंसेवी सहायता समुहको स्वयंसेवक समेत रहेको नाताले बागमति प्रदेश सरकारसँग सहकार्य गरि बालबालिकाको संरक्षण र बालउपचार पद्धतीमा समन्वयकारी भूमिकामा क्रियाशिल रहेको बताए ।
 
कार्यक्रममा आयोजक सस्ंथाको तर्फबाट पेडिएट्रिक नर्सेस एसोसिएसनका अध्यक्ष एवं पेडिएट्रिक नर्सिङ विभाग महाराजगञ्जका असिस्टेन्ट प्रोफेसर अस्परा पाण्डेले राष्ट्रिय बाल संरक्षण सञ्जाल, स्वतन्त्रता अभियान, नेपाल पेडिएट्रिक सोसाईटि (नेपास) र पेडिएट्रिक नर्सेस एसोसिएसन अफ नेपाल (पिनान) मा आवद्ध सबै सहभागिहरु र कार्य पत्र प्रस्तुत गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन् ।

उनले बाल केन्द्रित अभियान सफल भएकोबारे बताउँदै अबको संरचनामा बालमैत्री अस्पताल, बालमैत्री आईसोलेसन वार्ड र बालमैत्री जनशक्ति हुन नितान्त आवश्यक रहेको र उक्त कार्यका लागि नेपाल सरकारलाई सघाउन तयार रहेको पनि बताइन् ।

साथै उनले आउने दिनमा अरु प्रदेशहरुमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिनेबारे जानकारी दिइन् । 

कार्यक्रममा आयोजक संस्था स्वतन्त्रता अभियानका अध्यक्ष, महाराज क्याम्पस नर्सिङ कलेजका प्राध्यापक एवं मानसिक स्वास्थ्य विशेषज्ञ चन्द्रकला शर्मा तथा पेडिएट्रिक नर्सेस एसोसिएसनका अध्यक्ष एवं पेडिएट्रिक नर्सिङ विभाग महाराजगञ्जका असिस्टेन्ट प्रोफेसर अस्परा पाण्डेसहित अतिथिहरु नेपाल नर्सिङ काउन्सिलका रजिष्टार बिन्दा घिमिरे, नेपाल नर्सिङ एशोसिएसनका पूर्व अध्यक्ष प्रोफेसर तारा पोखरेल, एनएसी जिका पूर्व अध्यक्ष कृष्ण चन्द्र आचार्य, गल्र्स कोलेसन एवं सिएफएलजि फोरमका अध्यक्ष तिलोत्तम पौडेल, एनसिपिएका सदस्य सरोज आचार्य लगायत एक सय जना स्वास्थ्यकर्मी र बाल संरक्षण र बाल स्याहारको क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Last modified on 2021-05-27 07:46:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts