न्याम्स र वीर अस्पताललाई छुट्टा छुट्टै बनाउन गोदानको माग

काठमाडौं, १२ जेठ । सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान ऐन २०६३ संशोधन गर्न माग गरेको छ।
गोदानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ऐन संशोधन गरी चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (न्याम्स) र वीर अस्पताललाई छुट्टा छुट्टै बनाउन माग गरेको हो।
वीर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा राख्न र न्याम्सलाई वीर अस्पतालबाट अलग गरी स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा विकसित गर्नुपर्ने गोदानका महासचिव डा. किर्तिपाल सुवेदीले बताए।
उनले वीर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा र न्याम्सलाई शैक्षिक कार्यक्रममा केन्द्रित गर्न सकियो भने अस्पतालको सेवा र शैक्षिक कार्यक्रम दुवै प्रभावकारी हुन्े बताए ।
गोदानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सदैव नतिजामुखी अस्पतलाल सञ्चालन रही रहोस् भनी यस व्यवस्थालाई स्थायी रुपमा प्रदान गर्न स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई अध्ययन(अध्यापनको भूमिकामा राख्ने गरी ऐन संशोधनका लागि सरकारसँग माग गर्दछ।’
गोदानले दीर्घकालीन रुपमा पनि अस्पतालको नेतृत्व ११औँ तहको चिकित्सकले नै गर्नुपर्ने माग समेत गरेको छ।