सबै नागरिकले खोप पाउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन



Download our app to get more features

काठमाडौं, ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्न कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई निर्देशन दिएका छन ।

प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड–१९ निर्देशक समितिको मङ्गलवार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरि काम गर्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री ओलीले कोभिड–१९ नियन्त्रणसम्बन्धी र सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताको समाधान गरेको भन्दै कोभिड–१९ व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ कामअघि बढाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिए । 

आवश्यक ऐन, नियम नभएका कारण समस्या भए पनि अब सबै समस्याको सम्बोधन भएकोले ढिला गर्ने छुट नभएको भन्दै प्रधानमन्त्रीले एक्शनमा जान कोभिड–१९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन् । 

सार्वजनिक खरिद ऐन र नियमावलिमा देखिएका समस्यालाई सहज गराउन अध्यादेश ल्याएको र अध्यादेशले सबै बाटो खोलेकाले कुनै अलमल नगरि काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । 
 

Last modified on 2021-05-26 09:26:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts