नेपालमा कोरोनाका कारण ६ हजार ७ सयको मृत्यु, ४ सय ४७ जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features

काठमाडौं, ११ जेठ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार नजिक पुुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ सय ६९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ७ सय पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव २७ प्रतिशत हो ।

यस्तै हाल देशभर रहेका संक्रमितमध्ये १ हजार ६ सय ७२ जना आईसीयूमा भर्ना छन् भने ४ सय ४७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६१ रहेको छ । जसमा १ लाख ८ हजार ४ सय २८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ८ सय ३३ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

Last modified on 2021-05-26 07:37:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts