आउने चौथों हप्तादेखि नेपालमा कोरोना सङ्क्रमणको दर घट्दै जानेः मन्त्री त्रिपाठी



Download our app to get more features

काठमाडौं, १० जेठ । सरकारले आउने चौथों हप्तादेखि नेपालमा कोरोना सङ्क्रमणको दर घट्दै जाने बताएको छ ।

पछिल्लो समय औसतमा ८ हजारका दरले कोरोना सङ्क्रमित थपिएपनि आउने चौंथो हप्तादेखि नेपालमा कोरोना सङ्क्रमणको दर घट्दै जाने बताइएको हो ।

कोभिड–१९ संक्रमण व्यवस्थापन सम्बन्धमा सोमवार आयोजित भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले हाल नेपालमा कोरोना सङ्क्रमणको दर ८ हजार रहेपनि आउने चौंथो हप्तादेखि सङ्क्रमण दर घट्दै जाने दावी गरे ।

उनले नेपालका विभिन्न जिल्लामा जारी निषेधाज्ञा र सरकारले कोरोना परीक्षण द्रूत गतिमा भइरहेको हुँदा आउने दिनमा कोरोना सङ्क्रमणको दर घट्दै जाने बताए ।
 

Last modified on 2021-05-24 16:15:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts