गत २४ घन्टामा थपिए झन्डै ८ हजार नयाँ संक्रमित, देशभर निको हुनेको दर ७६ प्रतिशत नाघ्यो



Download our app to get more features

काठमाडौं, ९ जेठ । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख नजिक पुगेको छ ।

गत २४ घन्टामा देशभर ७ हजार ६ सय ६४ जना कोरोना संक्रमित स्वस्थ भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख नजिक पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुासार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९१ हजार ३ सय ४८ पुगेको छ । यो दर कुल संक्रमितको ७६ दशमलव ३ प्रतिशत हो ।

यस्तै गत २४ घन्टामा देशभर थप ७ हजार ९ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

गत २४ घन्टामा देशभर १८ हजार ९ सय ६१ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ७ हजार ५ सय ९८ र ९ सय ३१ एन्टीजेन परीक्षण गर्दा ३ सय १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । 

योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ५ लाख १३ हजार २ सय ४१ पुगेको छ । 

Last modified on 2021-05-23 19:31:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts