वीरगञ्जका हाडजोर्नी रोग विशेषज्ञ डा. मुराद हुसैनको कोरोना संक्रमणका कारण मृत्यु



Download our app to get more features

काठमाडौं, ९ जेठ । पर्सास्थित एक निजी अस्पतालमा कार्यरत हाडजोर्नी रोग विशेषज्ञ डा. मुराद हुसैनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थ केयरमा कार्यरत डा. हुसैनको आइतवार उपचारको क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका २९ वर्षीय डा. हुसैननको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले बताएको छ ।

डा. हुसेनले एक महिनाअघि मात्रै शेख मुजीब मेडिकल युनिर्भसिटी बंगलादेशबाट पढाइ पूरा गरेका थिए ।

कोरोना संक्रमितको उपचारमा समेत खटिएका डाक्टर हुसैनसँगै वीरगञ्ज हेल्थ केयरका ५ जना चिकित्सकलाई झन्डै १७ दिनअघि एकैपटक कोरोना संक्रमण पुष्टी भएको थियो ।

वीरगञ्ज हेल्थ केयरका सञ्चालक डा. अबुल हैस अन्सारीका अनुसार डा. हुसैनको एक साता जति वीरगञ्जमै राखेर उपचार चलिरहेको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि १० दिनअघि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

डा.हुसैनको दुबै फोक्सोमा कोभिड निमोनिया देखिएको र श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो ।

Last modified on 2021-05-23 15:13:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts