कोरोना महामारीमा बिरामीलाई सहजताका लागि चिकित्सक संघले सञ्चालनमा ल्यायो एम्बुलेन्स सेवा

What's This?


Download our app to get more features

काठमाडौं, ९ जेठ । नेपाल चिकित्सक संघले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

भारतीय दुतावासले उपहार स्वरुप उपलब्ध गराएको बा. प्रदेश ०१ २५ च. ३६३५ नम्बरको एम्बुलेन्स शनिबारदेखि सञ्चालनमा ल्याएको हो ।

संघका अध्यक्ष डा. लोचन कार्की र कोषाध्यक्ष डा.प्रकाश बुढाथोकीले संयुक्त रुपमा एम्बुलेन्सको उद्घाटन गर्दै सञ्चालनमा ल्याएका हुन् ।   

एम्बुलेन्स सेवा आवश्यक परेको अवस्थामा संघका प्रशासकिय सहायक प्रवेश लामिछानेलाई ९८४००१४३०७ मा सम्र्पक गर्न र एम्बुलेन्स सवारी चालक सुरज तामाङलाई ९७४६२७१४१२ मा सम्पर्क गर्नका लागि पनि संघले आग्रह गरेको छ ।

हाललाई एम्बुलेन्स प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गरिने पनि संघले जनाएको छ । 

Last modified on 2021-05-23 08:28:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts