गत २४ घन्टामा देशभर १ सय २९ जनाको कोरोनाका कारण मृत्यु, ५ सय २३ जना भेन्टिलेटरमा



Download our app to get more features

काठमाडौं, ८ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप १ सय २९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ सय २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव २२ प्रतिशत हो ।

यस्तै हाल देशभर रहेका संक्रमितमध्ये १ हजार ७ सय ३२ जना आईसीयूमा भर्ना छन् भने ५ सय २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ६ रहेको छ । जसमा १ लाख ८ हजार १ सय ३ जना होम आइसोलेसनमा छन् भने ७ हजार ७ सय ३ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

Last modified on 2021-05-22 20:09:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts