कोभिड-१९ संकट व्यवस्थापन गर्न जारी भयो अध्यादेश



Download our app to get more features

काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश सार्वजनिक गरिएको छ। 

अध्यादेशमा स्वास्थ्य आपतकाल घोषणा गर्नेदेखि कोभिडको युनिफाइड अस्पताल सञ्चालन गर्नेसम्मका व्यवस्था समेटिएको छ। अध्यादेशमा वीर अस्पताललाई केन्द्रीय कोभिड-१९ युनिफाइड अस्पतालका रुपमा राखिएको छ। केन्द्रीय अस्पताल स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने छ। 

नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो। कोभिड संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि अध्यादेश ल्याइएको हो। 

अध्यादेशमा सजायको व्यवस्था समेत रहेको छ। कसैले अध्यादेश बमोजिमको कुनै काम गर्न अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ। 

यस्तै अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जारिवाना वा दुवै सजाय हुने छ।

Last modified on 2021-05-22 09:34:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts