नेपालमा कोरोना संक्रमितको संख्या झन्डै ५ लाख नजिक, निको हुनेदर ७५ दशमलव ४ प्रतिशत

काठमाडौं, ७ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ ।
गत २४ घन्टामा देशभर ८ हजार ६ सय ७ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या झन्डै ५ लाख नजिक पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार गत २४ घन्टामा देशभर २३ हजार २ सय २६ कोरोना परीक्षण गरिएको छ । जसमा २२ हजार ३ सय ५३ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ८ हजार ४ सय ७ र ७ सय ७३ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा २ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये ७ हजार ८ सय ९० जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ३ लाख ७४ हजार ८ सष्य ३६ पुगेको छ । यो दर कुल संक्रमितको ७५ दशमलव ४ प्रतिशत हो ।