कोरोना महामारीको समय औषधिको अभाव हुन नदिने औषधि उत्पादक संघको प्रतिवद्धता



Download our app to get more features

काठमाडौं, ७ जेठ । नेपाल औषधि उत्पादक संघले अत्यावश्यक औषधिको अभाव नरहेको बताएको छ ।

संघले विज्ञप्ति जारी गर्दै कोरोना महामारीको समय आवश्यक पर्ने औषधिको कुनै अभाव नरहेको बताएको छ ।

संघका महासचिव विप्लब अधिकारीले कोरोना महामारीको समय अत्यधिक प्रयोग हुने औषधिको बजारमा सामान्य भन्दा धेरै गुणा माग भएको र आन्तरिक ढुवानी तथा कुरियर सेवामा अवरोधका कारण समयमै सम्बन्धीत स्थानमा पुर्याउन नसकेको बताए ।

उनले हामीसँग औषधिको मौज्दात नभएर वा उत्पादन क्षमता नभएर अभाव भएको होइन भन्दै अनावश्यक हल्ला फैलाइएको स्पष्ट पारे ।

संघले जारी गरेको विज्ञप्तिमा यस संकटपुर्ण घडिमा हामी सम्पुर्ण उद्योगीहरु देशमा कुनै पनि औषधिको अभाव हुन नदिन अहोरात्र कार्य गरिरहेको र स्वदेशमा बन्ने कुनैपनि औषधिको अभाव हुन नदिने र नहुने प्रतिवद्धता व्यक्त गरेको छ ।

साथै संघले अनावश्यक रुपमा औषधिको संचित नगरिदिन र चिकित्सकको सल्लाह बिना औषधिको अनावश्यक प्रयोग नगर्न पनि आग्रह गरेको छ ।

संघले जारी गरेको विज्ञप्तिमा कोभिड १९ मा अत्यधिक प्रयोग हुने औषधिहरुको मौज्दातको विवरण यस्तो छ : 

Last modified on 2021-05-22 06:55:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts