कोभिडविरुद्ध अस्पतालका ‘फ्रन्टलाइनर’लाई ५० प्रतिशत जोखिम भत्ता, मन्त्रालयले माग्यो सबै अस्पतालसँग विवरण



Download our app to get more features

 काठमाडौं, ७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड(१९ को पहिचान, निदान र उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै अस्पतालसँग विवरण माग गरेको छ।

मन्त्रालयले मन्त्रिपरिषदको वैशाख १९ गतेको निर्णय अनुसार कोभिड उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई ६ महिनासम्म सुरु तलब स्केलेको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको हो।

कोभिड(१९ को पहिचान, निदान र उपचार, एम्बुलेन्स सञ्चालन शव व्यवस्थापनमा प्रतेयक्ष रुपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी,  सफाइकर्मी र सुरक्षाकर्मीको विवरण व्यवस्थित गर्ने र प्रमाणित अभिलेखका आधारमा भत्ता उपलब्ध गराइने मन्त्रायले पठाएको पत्रमा उल्लेख छ।

मन्त्रालयले कर्मचारीको नाम, पद, कर्मचारी संकेत नम्बर, कोभिडमा खटिएका कर्मचारीको ड्यूटी रोष्टर, स्थायी लेखा नम्बर, बैंक खाता नम्बर र वैशाख महिनाको पेरोल विवरणमा उल्लेख गर्नुपर्ने मन्त्रालयले जनाएको छ । 


 

Last modified on 2021-05-21 14:49:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts