सीएमसीमा गरिएको परीक्षणमा २० जिल्लाका थप २ सय ९ जनामा कोरोना संक्रमण पुष्टि 



Download our app to get more features

चितवन, ७ जेठ । भरतपुर १० स्थित चितवन मेडिकल कलेज (सीएमसी) मा गरिएको परीक्षणमा २० जिल्लाका थप २ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सीएमसीको प्रयोगशालामा बुधवार २ सय ७१ जनामा गरिएको परीक्षणमा थप २ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका माईक्रोवायोलोजी विभागका विभागीय प्रमुख डाक्टर अनुप पौडेलले जानकारी दिए ।

परीक्षण गरिएका नमुना मध्ये ७७ प्रतिशतमा संक्रमण देखिएको हो । बाँकी ६२ नमुनाको भने रिर्पोट नेगेटिभ आएको छ ।

जसमध्ये १ सय ३६ जना चितवन जिल्ला भित्रका छन् भने ७३ जना अन्य १९ वटा जिल्लाका छन् । संक्रमित हुनेमा २ वर्षदेखि ९२ वर्षीय वृध्दसम्मका छन् ।

कोरोना संक्रमणबाट बच्न अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न, नाकमुखमा हात नलैंजान सबैलाई विज्ञले अनुरोध गरेका छन् । उनीहरूले सन्तुलित खाना, घरमै बसेर नियमित व्यायाम र उच्च आत्मबल राख्न समेत आग्रह गरेका छन् ।

Last modified on 2021-05-21 14:07:48

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts