लुम्बिनी प्रादेशिक अस्पतालले बनायो 'कोभिड प्रबन्ध प्रोटोकल'



Download our app to get more features

रुपन्देही, ६ जेठ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोभिड प्रबन्ध प्रोटोकल  बनाएको छ । वर्तमान स्थितिमा उपयोगी दिशानिर्देश हुने भएकोले कोभिड प्रबन्ध प्रोटोकल बनाएको  अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको प्रोटोकलमा बिरामीको अवस्था, उपचार, खाने औषधि र अपनाउनु पर्ने तरिकाहरु समावेश गरिएको छ ।

डा. हरी प्रसाद पन्थीले उक्त कोरोना गाईडलाईन बनाएका छन् भने लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्शन डा. नन्दु पाठकले प्रमाणित गरेका छन् । गाईडलाईनमा कोरोना भएका बिरामीले खाने औषधि, दिईने ईन्जेक्सन लगायका अपनाउनु पर्ने विधि समेटिएको छ ।

अस्पतालका कोरोना फोकल पर्शन डा. पाठकले अब कोभिड प्रबन्ध प्रोटोकल अनुसार कोरोनाका बिरामीको उपचार हुने बताए । लुम्बिनी प्रदेशमा पहिलोपटक कोभिड प्रबन्ध प्रोटोकल बनाएर लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले लागु गरेको  छ ।

यस्तो छ अस्पतालको कोभिड प्रबन्ध प्रोटोकलः

 

Last modified on 2021-05-20 13:07:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts