स्पेनबाट १४ करोड बराबरको स्वास्थ्य सामग्री नेपाल आउँदै, आजै सरकारलाई हस्तान्तरण गरिने

काठमाडौं, ६ जेठ । स्पेन सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री आज नेपाल आउँदै छ ।
कोरोना महामारीको दोस्रो लहरका कारण नेपाल प्रभावित बनेपछि स्पेन सरकारले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामाग्रीसहित काठमाडौँका लागि उडेको स्पेनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर आज नेपाल आइपुग्ने ताइएको छ ।
राजदूतसँगै नेपाल उडेका अन्तर्राष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमानले स्वास्थ्य सामग्रीहरु आजै नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।
यसअघि सहयोगका लागि अनुरोध गर्दै दूतावासले स्पेनको परराष्ट्र मन्त्रालय,स्वास्थ्य मन्त्रालय र निजि क्षेत्र चेम्बर अफ कमर्सलाई पनि पत्राचार गरेको थियो ।